दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन

158 Shares

तुलसीपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको विस्तारका लागि तत्काल एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले दिइन्।

विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा हाल सात सय ५० मिटर लम्बाइ छ, जसमा १९ सिटे जहाज मात्रै अवतरण गर्न सक्छ। विमानस्थलको लम्बाइ बढाएर एक हजार पाँच सय मिटर बनाइने हो भने ७२ सिटे जहाज अवतरण गर्न सक्नेछ।

साना जहाजले पर्याप्त फाइदा नपाउँदा उनीहरूले विमानस्थललाई प्रयोग गर्न छोडेका छन्। उपप्रमुख चौधरीका अनुसार, बजेट ल्याएर काम सुरु गर्ने तयारी गरिएको छ। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विमानस्थलको अवलोकन पनि गरेका थिए।

सम्बन्धित समाचार

सबै