हमासको नियन्त्रणमा रहेका विपिन जोशीबारे यथार्थ जानकारी छैन: परराष्ट्रमन्त्री राणा

247 Shares

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीबारे ठोस जानकारी प्राप्त हुन नसकेको बताउनु भएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री राणाले जोशीको अवस्थाबारे यथार्थ जानकारी नपाए पनि उनको रिहाइका लागि पहल जारी रहेको बताउनुभयो।

त्यस अवसरमा उहाँले नेपाललाई मानव अधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिनुभयो। मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको शनिबार स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको थियो।

सम्बन्धित समाचार

सबै