दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय, कर्णालीमा जेठ ३ देखि १० सम्म

291 Shares

काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति निर्धारण गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।

यसअघि राखेपको ११८औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। बैठकले पहिलो राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ।

 

सम्बन्धित समाचार

सबै