गौर नगरपालिकाको खाता बन्द, कामकाज प्रभावित

34 Shares

रौतहटको सव भन्दा पुरानो नगरपालिका गौर नगरपालिकाको खाता बन्द हुँदा कामकाज प्रभावित भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक शोभाकान्त पौडेलको मौखिक आदेशमा गएको शुक्रवार गौर नगरपालिकाका लेखा अधिकृत छैठौं सोहेल अन्सारीको नाममा खाता संचालन गरेको थियो ।
खाता संचलान भएको केहि घण्टा नबित्दै गौर नगरपालिकाका लेखा अधिकृत सातौँ सोहन कुमार यादवले आफु बरिष्ठ कर्मचारी भएकोले आफ्नो नाममा खाता संचालन हुनु पर्ने भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटमा निबेदन दिए पछि कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गौर नगरपालिकाको सम्पूर्ण खाता बन्द गरि दिएको छ ।
२०८२ चैत २४ गतेका दिन गौर नगरपालिकाको कार्यपालिकाले लेखा अधिकृत छैठौं अन्सारीकै नाममा खाता संचालन गर्न निर्णय गरेको छ । गएको २०७७ मङ्सिर देखि अन्सारीकै नाममा खाता संचालन हुँदै आएको र लेखा अधिकृत सातौँ यादवले अन्य पालिकामा जान सरुवा सहमति लिएकोले लेखा अधिकृत छैठौं अन्सारीको नाममा खाता संचालन गर्न कार्यपालिकाले निर्णय गरेको छ ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहका अनुसार बिगतमा अन्सारीको नामा खाता संचालन हुँदा यादवले आफ्नो नाममा खाता संचालन हुनु पर्ने भनेर भन्न समेत नआएको बताए । लेखा अधिकृत सातौँ यादवलाइ आर्थिक विकाश शाखा प्रमुखको जिम्मेवारी दिइएको उनले भने । लेखा अधिकृत यादवका अनुसार आफु बरिष्ठ लेखाको कर्मचारी भएकोले गौर नगरपालिका कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा आफ्नो नाममा खाता संचालन गर्न निवेदन दिएको बताए ।
गएको चार बर्ष देखि नगरपालिकाले आफुलाई काममा नलगाएर आफु प्रति पूर्वाग्रह भएको गुनासो उनले पोखे ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमका अनुसार महालेखा नियन्त्रक कार्यालय पौडेलको मौखिक आदेशमा गएको शुक्रवार खाता संचालन गरीएको तथा बरिष्ठ लेखाको कर्मचारीबाट प्राप्त निवेदन अनुसार खाता बन्द गरिएकोले अब महालेखा नियन्त्रक कार्यालय वा जिल्ला प्रशासन कार्यालयको लिखित आदेश भए अनुसार खाता संचालन हुने बताए ।

सम्बन्धित समाचार

सबै