नगरपालिकाले चासो नलिदा शुरु हुन् सकेन चन्द्रपुर बसपार्क

40 Shares
फोटो क्याप्सन – संचालनको पर्खाइमा रहेको चन्द्रपुर बस पार्क ।

रौतहटको चन्द्रपुर नगरपालिकाले यहाँ निर्मित बस पार्क संचालन गर्न अग्रसरता नदेखाए पछि बसपार्क संचालनमा आउन सकेको छैन ।
बसपार्क उदघाटन भएको १ बर्ष बिति सक्दा पनि नगरपालिकाको उदासिनताका कारण संचालनमा आउन नसकेको स्थानीयको गुनासो रहेको छ ।
सघन शहरी तथा भवन निमार्ण आयोजना पर्सा,बिरगंजले सुबिधा सम्पन्न बसपार्क निर्माणको काम सकेर गएको २०८१ फागुन १५ गते चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरीसकेको भए पनि हाल सम्म बस पार्क संचालनमा नआउँदा सडकमै बस,इरिक्शा पार्किङ्ग हुने गरेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग स्थित चन्द्रनिगाहपुर चोक र गौर चन्द्रनिगाहपुर सडकको दुबै तिर बस, ट्रक, ईरिक्सा, जिपहरु सडकमै पार्किङ हुने गरेको कारण दुर्घट्नाको समेत जोखिम बढेको छ ।
बस पार्क निर्माण भए पनि बस व्यवसायीले सुरक्षा लगायत बिभिन्न कारण देखाउंदै बसलाई बसपार्कमा राख्न नमानेका कारण बसपार्क संचालनमा आउन नसकेको नगरपालिकाको भनाइ रहेता पनि प्रहरीले सुरक्षाको जोखिम नरहेको बताउंदै आएको छ ।
तर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले बसपार्कको सुरक्षाको लागि प्रहरी २४ घण्टा तयार रहेको बताउनु हुँदै सुरक्षाको चुनौती नरहेको दावी गर्नु भयो ।
चार्जिङ स्टेसन सहितको सुविधा सम्पन्न बसपार्क निर्माण भए पनि संचालन नहुँदा बजार क्षेत्र अस्तब्यस्त भएको र सवारी दुर्घट्नाको जोखीम समेत बढेको उहाँले बताउनु भयो ।
पूर्व पश्चिम राजमार्गको मुख्य चोक र गौर खण्डको सडकमै यातायात ब्यवासायीले सार्वजनिक सवारी साधन राखेर सडक अस्तब्यस्त पारेपछि पछिल्लो समय चन्द्रपुर नगरपालिकाले बस पार्क संचालन गर्न कार्यदल समेत गठन गरेको थियो ।
नगरपालिका र बस व्यवसायी बीच कुरा नमिलेर बसपार्क संचालन हुन नसकेको बाहिरि हल्ला गरीए पनि त्यसो नरहेको बस व्यवसायीहरु बताउञ्छन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद श्रीवास्तवका अनुसार बस पार्क संचालनका लागि नगरपालिका अग्रसर रहेको र हालै बसपार्कमा बिद्युत जडानको काम सकेको बताउनु भयो ।
बसपार्कमा आबश्यक ट्रान्स्फर्मर जडानको लागि मधेश प्रदेश सरकालाई आग्रह गरिएको बताउनु हुँदै चांडै संचालनमा आउने उहाँले बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बैशाख अघि बसपार्क संचालनमा आइ सक्ने भन्नु भयो ।

बसपार्क संचालनमा आएपछि राजमार्गमा अव्यवस्थित बस पार्किङको समस्या हट्ने उहाँको भनाइ रहेको छ ।

 

 

सम्बन्धित समाचार

सबै