जेनजी आन्दोलनमा रौतहट कारागारबाट फरार कैदी पक्राउ

7 Shares

रौतहट प्रहरीले लागु औषध गाँजा तथा हातहतियार खरखजाना मुद्दाका फरार कैदीलाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यमुनामाइ गाउँपालिका –४ सरुअठाका ४० वर्षीय राम नरेश साह रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले रौतहटको गौर नगरपालिका–९ सिर्सियाबाट पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोनको क्रममा भदौ २४ गते कारागार कार्यालय गौर,रौतहटबाट फरार भएका थिए । उनलाई आवश्यक कारवाहीको लागि कारागार कार्यालय गौर,रौतहटमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनु भयो ।

 

 

सम्बन्धित समाचार

सबै