स्थानिय प्रशासनसंग सहमति पछि उद्योग बाणिज्य संघको आन्दोलनको कार्यक्रम फिर्ता

124 Shares

रौतहट /रौतहट उद्योग बाणिज्य संघको अगुवाइमा गौर बजार बन्द तथा गौर स्थित नेपाल भारत नाका र यातायात ठप्प लगायतको सम्पूर्ण आदोलानको कार्यक्रम फिर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा शनिबार साँझ भएको सर्वपक्षीय छलफलबाट रौतहट उद्योग बाणिज्य संघ तथा सरोकारवाला निकायबाट भएको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने निर्णय भएको छ ।
फागुन १ गते शुक्रवारका दिन करदाता सेवा कार्यालयको सामान सर्ने बिषयमा भएको घटना सम्बन्धमा अर्थ मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउंदै गौरबासिको आवाज सम्बोधनको लागि गम्भीर हुन् अनुरोध गर्ने, निर्वाचन पश्चात करदाता सेवा कार्यालयकै भवनबाट सेवा प्रवाहको लागि आन्तरिक राजश्व विभागमा अनुरोध गर्ने , हाल कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा प्रवाह हुँदै आएकोमा कर अधिकृतको व्यवस्थापन गरि सेवा प्रवाह प्रभावकारी बनाउने ,करदाता सेवा कार्यालयमा रहेको करदाताको फाइल,अभिलेख तथा जिन्सी सामान सोहि कार्यालयमा राख्ने सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषालले जानकारी दिनु भयो ।
करदाता सेवा कार्यालयको सामान सार्ने बिषयमा गौरका उद्योगि व्यापारीले करदाता सेवा कार्यालय अगाडि धर्ना,प्रदर्शन देखि गौरको मुख्य चोकहरुमा टायर बालेर प्रदर्शन गरेका थिए ।उद्योगि व्यापारीको आन्दोलनका कारण शनिवार गौरका बजार पूर्ण रुपमा बन्द रहेको थियो ।
फागुन ४ गते देखि यातायात तथा गौर स्थित नेपाल भारत नाका पूर्ण रुपमा बन्द गर्ने कार्यक्रम रौतहट उद्योग बाणिज्य संघले तय गरेको थियो ।

 

सम्बन्धित समाचार

सबै