रौतहट/रास्ट्रिय स्वतन्त्र पार्टिबाट रौतहट क्षेत्र नं.२ का उम्मेदवार सगीर आलमको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा पक्राउ परेका कार चालक शेख मुस्ताकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।
म्याद थपका लागि प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रौतहटमार्फत कार चालक मुस्ताकलाइ जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको थियो ।
पक्राउ परेका चालकविरुद्ध प्रहरीले सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनु भयो ।
ईशनाथ नगरपालिका–३ मठिया टोलमा कारको ठक्करले उपचारको क्रममा ४ बर्षीय बालिका अल्फा खातुनको बिहिबार ज्यान गएको थियो ।
बालिकालाई अस्पताल पुर्याएर फरार रहेका परोहा नगरपालिका—३ तेजापाकड, रौतहटका २७ बर्षीय चालक मुस्ताकलाइ प्रहरीले खोजतलाश गरेर पक्राउ गरेको थियो ।
बालिकालाई ठक्कर दिने समयमा रास्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार आलम कारमा नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।