रौतहटमा निर्वाचन प्रहरीमा भर्नाका लागि ६ हजार ७३६ आवेदन

31 Shares

रौतहट /
रौतहटमा निर्वाचन प्रहरीका लागि छ हजार सात सय ३६ आवेदन परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिने अन्तिम दिन माघ १ गते बिहीबार सम्ममा छ हजार सात सय ३६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा नेपाल प्रहरीतर्फ तीन हजार ४६६ जना र सशस्त्र प्रहरीतर्फ ३ सय ८५ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा फारम भर्ने अन्तिम दिन बिहीबार सम्ममा नेपाल प्रहरी तर्फ छ हजार दुइ सय ८४ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो । आवेदन दिनेमा पांच हजार तीन सय ४८ पुरुष र नौ सय ३६ जना महिला रहेको उहाँले बताउनुभयो ।
त्यस्तै सशस्त्र प्रहरी तर्फ कुल ४ सय ५२ जना आबेदन दिएको उहाँले बताउनु भयो । आवेदन दिनेमा चार सय २५ पुरुष र २७ जना महिला रहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया, विजयपुरबाट आवेदन फारम संकलन गरिएको थियो ।

सम्बन्धित समाचार

सबै