वागमती नदीको वगरमा एक बृद्धको शव फेला

291 Shares

गंगापिपरा/११ , साउन / रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको बगरमा एक वृद्ध व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनु भयो ।
भलोहिया स्थित अनिल इटा उद्योग भन्दा पूर्व वागमती नदी पारी वगरमा आइतवार शव फेला परेको प्रवक्ता रायले बताउनु भयो ।
मृत्यु हुनेमा सर्लाही रामनगर गाउँपालिका–३ बहुअर्वा झण्डा टोलका ६० बर्षीय रामजनम दास तत्मा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विहिवार विहानै घास काट्न घरबाट निस्किनु भएका तत्मा सम्पर्क बिहिन भए पछि खोजतलाश जारी रहेको थियो ।
मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै