जिसस रौतहटको बार्षिक समिक्षा सम्पन्न

180 Shares

आर्थिक वर्ष २०८१ /८२ मा रौतहटका पालिकाहरुबाट सञ्चालन भएका कामको प्रगतिबारे जिल्ला समन्वय समिति रौतहटले समीक्षा गरेको छ । समितिको सभा हलमा शुक्रवार सम्पन्न बार्षिक समिक्षा तथा सम्पादित असल अभ्यास सम्बन्धि गोष्ठि कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उप प्रमुख जयमाला कुमारी चौधरीले जिल्ला समन्वय समितिले थालेको यो प्रयासको सराहना गर्नु हुँदै यसले पालिकामा बिकासको गति बढने , पारदर्शिता कायममा सहयोग पुग्ने तथा स्थानिय सरकार झन् जवाफदेही हुने बताउनु भयो ।
कार्यक्रममा गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले प्रदेश सरकारले योजना संचालन गर्दा स्थानीय सरकारसंग समन्वय नगर्नाले बिभिन्न ठाउँमा समस्या हुने गरेकोले स्थानीय सरकार र प्रदेश सरकार बीच समन्वयको लागि जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
यस्तै जिल्ला समन्वय समिति रौतहटका जिल्ला समन्वय अधिकारि अमित कुमार यादवले अवको दिनमा जिल्ला समन्वय समिति सक्रिय भएर रौतहटको बिकास निर्माणका काममा हातेमालो गर्ने बताउनु भयो । वहांले प्रदेश कानुन अनुसार कार्यालय काम गर्न प्रतिबद्ध रहेको जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जिल्लाको बिकासमा जिल्ला समन्वय समिति अग्रसर हुनु पर्ने धारणा राख्नु भयो । रौतहटमा पालिकाहरुले आफ्नो बार्षिक कार्यक्रम समेत सार्वजनिक गर्न आनाकानी गरि रहेको अबस्थाको अन्त्य गर्नु पर्ने वहांले बताउनु भयो । आर्थिक बर्षको अन्त्य तिर आएर पालिका उप प्रमुखले आफ्नो पालिकाको बजेट हेर्न नपाएको भनेर जिल्ला प्रशासन कार्यालय धाउने अबस्था रौतहटमा विद्यमान रहेको भन्नु हुँदै प्रमुख जिल्ला अधिकारि खडकाले प्रत्येक गतिबिधि वेवसाइटमा राखेर सवैको पहुँच पुर्याउनु पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारि खडकाले पालिकामा रहेको न्यायिक समितिलाई सक्रिय पार्न नगर उप प्रमुखहरुलाई आग्रह गर्नु भयो ।
सामान्य झगडा देखि लिएर जग्गा नापजांच इत्यादिको लागि न्यायिक समितिबाटै निकास खोज्नु पर्ने बताउनु हुँदै प्रमुख जिल्ला अधिकारि खडकाले न्यायिक समिति निष्क्रिय भएकै कारण सामान्य कुरा लिएर सर्वसाधारण जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धाउनु परेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्याय राय यादवले नगर प्रमुखहरु जिल्ला समन्वय समितिले गर्ने काम कारवाहीलाइ बेवास्ता गरेर हिडने गरेको गुनासो पोख्नु भयो ।
कार्यक्रममा प्रत्येक पालिकाका प्रमुख वा उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको एक जना कर्मचारीलाई सहभागिताको लागि पत्राचार गरिएको भए पनि ८ वटा पालिका फतुवा विजयपुर नगरपालिका,माधव नारायण नगरपालिका,वृन्दावन नगरपालिका,मौलापुर नगरपालिका,राजदेवि नगरपालिका,गुजरा नगरपालिका,बौधीमाइ नगरपालिका र गरुडा नगरपालिकाले सहभागिता नजनाएको जिल्ला समन्वय समिति रौतहटका लेखा शाखा प्रमुख विवेक कुमार सहनीले जानकारी दिनु भयो । दुइ वटा पालिका कटहरिया र देवाही गोनाही नगरपालिका सहभागी भएर पनि चालु आर्थिक बर्षमा सञ्चालन भएका कामको प्रगतिबारे प्रस्तुतीकरण गरेनन । ८ वटा पालिका चन्द्रपुर नगरपालिका,गौर नगरपालिका,राजपुर नगरपालिका,इशनाथ नगरपालिका,गढिमाइ नगरपालिका,परोहा नगरपालिका,यमुनामाइ गाउँपालिका र दुर्गाभगवती गाउँपालिकाले आफ्नो पालिकाको अबस्था , बिकास निर्माणका भए गरेका कामको बारेमा आफ्नो प्रस्तुतीकरण राखेको जिल्ला समन्वय समिति रौतहटले जनाएको छ ।
आफ्नो जिम्मेवारी अनुसार कर्तव्यनिष्ठ भई भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति रौतहटका कर्मचारी तथा सहभागी पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सम्मान गरिएको जिल्ला समन्वय अधिकारी यादवले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सबै