रौतहटको राजपुर नगरपालिकाको बजेट ५७ करोड ५३ लाख

326 Shares

रौतहटको राजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५७ करोड ५३ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ९ औं नगरसभाबाट नगर प्रमुख डाक्टर राजिक आलमले आन्तरिक श्रोत , प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गर्नुभयो ।
जसमा आन्तरिक आम्दानी ८५ लाख , राजस्व बाँडफांड संघिय सरकार ११ करोड ४७ लाख ,बित्तिय समानीकरण अनुदान सङ्घीय सरकार ११ करोड ३९ लाख , संघिय सरकार सशर्त अनुदान २६ करोड ४२ लाख , संघिय सरकार बिशेष अनुदान १ करोड ६४ लाख,संघिय सरकार समपुरक अनुदान २ करोड ८९ लाखको बजेट सार्वजनिक गरिएको छ ।
त्यस्तै, राजस्व बाँडफांड प्रदेश सरकार ८० लाख,प्रदेश सरकार समानीकरण अनुदान ७७ लाख ७८ हजार , प्रदेश सरकार सशर्त अनुदान ८० लाख ,प्रदेश सरकार बिशेष अनुदान ३० लाख , प्रदेश सरकार समपूरक अनुदान २० लाख नगर सभाबाट सार्वजनिक गरिएको हो ।
सिमित श्रोत साधन बीच बजेट निर्माण गरिएको नगरप्रमुख डाक्टर आलमले जानकारी दिनुभयो । नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर बजेट छुट्याएको छ । प्रत्येक वडामा एउटा स्मार्ट बिद्यालयको स्थापना , बिद्यार्थी संग मेयर कार्यक्रमलाइ निरन्तरता , नगरका निरक्षरको डाटा संकलन गरि साक्षरता कक्षा संचालन गरिने , प्रत्येक माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना , शिक्षकहरुको मासिक तलव भुक्तानीको ब्यवस्था मिलाइने लगायतका बिषय नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यस्तै स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पशु सेवा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगर प्रमुख डाक्टर आलमले बताउनुभयो । नगरपालिका अन्तर्गत प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना, मूल सडकलाइ कालोपत्रे र सहायक सडकलाइ पक्कि ढलान,प्रत्येक घरमा एक बिरुवा अनिवार्य लगाउने ,बेरोजगारलाइ आवस्यक सीप दिइ न्यून ब्याजदरमा ऋण उपलब्ध गराई स्वरोजगार बनाइने लगायतका कार्यक्रम समेटिएको छ । रंगशाला निर्माण, प्रत्येक वडामा सामुदायिक मेलमिलाप केन्द्र संचालन, हाल रहेको बर्थिंग सेन्टरलाइ ब्यबस्थित गरि अरु वडामा समेत बर्थिंग सेन्टर बिस्तार गरिने भएको छ ।
नगरबासीलाई सेवा सुबिधाको जानकारी तथा प्रक्रिया बुझ्नको लागि प्रत्येक नागरिकलाई जानकारी पुर्याउन मोबाइल एप समयानुकुल अध्यावधिक गर्ने, फोहोर मैला व्यवस्थापनका लागि फोहोर बिसर्जन केन्द्र बनाइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

सबै