चीनले कदम नफर्काए १०४% भन्सार तिर्नुपर्ने अवस्था : ट्रम्प

244 Shares

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले लगाएको प्रतिशोधात्मक शुल्क फिर्ता नलिएमा थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। बीबीसीका अनुसार ट्रम्पले चीनमाथि कठोर आर्थिक दबाब सिर्जना गर्ने चेतावनी दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।

गएको शुक्रबार चीनले अमेरिकी सामानहरूमा ३४ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको थियो। त्यसयता चीनको शेयर बजार समयमा खुल्न नसकेको र विश्वभरका शेयर बजारमा उथलपुथल देखिएको छ।

यदि ट्रम्पले भनेजस्तै थप भन्सार महसुल लगाइयो भने, केही अमेरिकी कम्पनीहरूले चीनबाट आयात हुने सामानमा करिब १०४ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने स्थिति आउन सक्छ।

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार शुल्क रोक्ने कुनै योजना नभएको स्पष्ट पार्दै आफनो नीतिमा दृढ रहेको बताएका छन्।

सम्बन्धित समाचार

सबै