नेपाल–थाइल्याण्ड व्यापारिक सहकार्य विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर

242 Shares

नेपाल उद्योग वाणिज्य महासंघ र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य र व्यापार व्यवसाय विस्तारका लागि समझदारी भएको छ । बैंककमा दुवै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा सम्पन्न समझदारीपत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका छन् ।

यस समझदारीले नेपाल–थाइल्याण्ड व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने र व्यापार तथा लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य लिएको छ । व्यापार प्रवद्र्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान, औद्योगिक सहकार्य तथा विवाद समाधान प्रणालीलाई प्रवद्र्धन गर्ने विषयसमेत समझदारीपत्रमा समावेश गरिएको छ ।

महासंघका अध्यक्ष ढकालले यस समझदारीले नेपाल–थाइल्याण्डको आर्थिक सहकार्यका लागि नयाँ आधारशिला तयार गरेको बताए । उनले दुई देशबीच व्यापार र लगानीका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे । यस्तै, थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष अंगुबोल्कुलले यस साझेदारीले दुवै देशका व्यवसायिक समुदायका लागि नयाँ अवसरहरू खोल्ने उल्लेख गरे ।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनका अवसरमा गरिएको यो समझदारी तीन वर्षसम्म लागू हुनेछ । यसले नेपाली तथा थाई व्यवसायहरूबीच निरन्तर सहकार्यका लागि बलियो आधार तयार गर्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

सबै