जनकपुरधाममा मुख्यमन्त्री सतिशकुमार सिंहलाई ‘महामूर्ख २०८१’ उपाधि

438 Shares

काठमाण्डौ – जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले यस वर्षको ‘महामूर्ख २०८१’ उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरेको छ। होली पर्वको अवसरमा राम मन्दिर मैदानमा आयोजित विशेष समारोहमा उनलाई यो उपाधि दिइएको हो।

परिषद्ले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि मुख्यमन्त्री सिंहले चालेका कदमको सराहना गर्दै उनलाई महामूर्ख उपाधिबाट सम्मान गरेको जनाएको छ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले विशेष व्यंग्यात्मक माला र टोपीसहित सिंहलाई सम्मान गरे।

यसैक्रममा, प्रसिद्ध साहित्यकार तथा गीतकार सियाराम झा सरसलाई ‘पटमूर्ख’ उपाधि दिइएको छ। त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह ‘हराशंख’ उपाधिबाट तथा वरिष्ठ पत्रकार एवं साहित्यकार रामरिझन यादव ‘ढोरहाशंकर’ उपाधिबाट सम्मानित भएका छन्।

सम्बन्धित समाचार

सबै