निर्वाचनमा बालबालिका प्रयोगमा रोक

116 Shares

रौतहट/आगामी फाल्गुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बालबालिकालाई कुनै पनि राजनीतिक तथा निर्वाचन गतिविधिमा प्रयोग नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ ।
बालबालिकाको संरक्षण, अधिकार प्रबर्धन तथा सुरक्षित भविष्यलाई दृष्टिगत गर्दै निर्वाचन प्रक्रियालाई पूर्ण रुपमा बालमैत्री मर्यादित र कानुन सम्मत बनाउन रौतहटका सहायक प्रमुख जिल्ला अधिकारि जितेन्द्र कुमार यादवले सूचना जारी गर्नु भएको छ ।
बालबालिका राष्ट्रका भविष्य हुन्,उनीहरुलाई राजनीतिक प्रभाव जोखिमपूर्ण गतिबिधि तथा मानसिक शारीरिक शोषणबाट जोगाउनु राज्य, राजनीतिक दल र सम्पुर्ण समाजको साझा दायित्व रहेको तथा नेपालको संबिधान बाल अधिकार सम्बन्धि ऐन तथा अन्तर्रास्ट्रिय प्रतिबद्धताले पनि बालबालिकाको राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने स्पष्ट ब्यवस्था गरेको छ ।
पछिल्लो समय रौतहटमा केहि उम्मेदवारहरुले निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग गरेको भन्दै चर्को आलोचना भएको थियो ।

सम्बन्धित समाचार

सबै