रौतहट/आगामी फाल्गुन २१ गते हुन् लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सुरक्षा तयारी तीव्र पारेको छ । निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा सतर्कता बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले जानकारी दिनु भयो ।
निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनु भयो ।
निर्वाचनलाई लक्षित गर्दै शान्ति, सुरक्षा कायम राख्न र जनतालाई सुरक्षा प्रत्याभूति दिलाउन संयुक्त गस्ती टोलि परिचालन गरिएको छ । मुख्य चोक, संवेदनशील क्षेत्र तथा सार्वजनिक स्थलहरूमा सिसिटिभी क्यामरामार्फत निगरानीसमेत कडा पारिएको उहाँले बताउनु भयो ।
सामाजिक सद्भाव भड्काउने प्रयास गर्ने व्यक्ति तथा समूह, सामाजिक सञ्जाल तथा प्रत्यक्ष गतिविधिमार्फत समाजमा अशान्ति फैलाउन खोज्ने प्रवृत्तिमाथि समेत निगरानी बढाइएको उहाँले बताउनु भयो ।शान्ति सुरक्षामा असर पार्ने कुनै पनि गतिविधिलाई छुट नदिइने उहाँले प्रष्ट पार्नु भयो ।
रौतहट निर्वाचन क्षेत्र नं. ४ मा रहेको मतदानस्थलहरुको निरीक्षण गरि सिसिटिभि जडान, पर्खाल लाउने तथा मतदान गरेर मतदाता निस्कनलाई छुट्टै निकासको व्यवस्थापन लगायतका कार्यहरु गरिएको उहाँले बताउनु भयो । रौतहट –४ मा ६१ वटा मतदान स्थल तथा १३४ वटा मतदान केन्द्र रहेको छ । पुरुष ५८ हजार ८ सय ३६ र महिला ५१ हजार ४ सय ७८ गरि कुल १ लाख १० हजार ३ सय १४ मतदाता रौतहट क्षेत्र नं. ४ मा रहेका छन् । रौतहट निर्वाचन क्षेत्र नं. ४ मा ३० पुरुष र ७ महिला गरि ३७ जना उम्मेदवार रहेका छन् ।