रौतहट/राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम भएको छ । गौर नगरपालिकाले ६६ दशमलव १७ अङ्क प्राप्त गर्दै जिल्लाभरिका स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो ।
आयोगद्वारा प्रकाशित प्रतिवेदनअनुसार राजपुर नगरपालिकाले ५९ दशमलव ९६ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ भने बौधीमाइ नगरपालिकाले ५९ दशमलव ७४ अङ्क ल्याउँदै तेस्रो स्थान प्राप्त गरेको छ । इशनाथ नगरपालिकाले ५९ दशमलव ५९ अङ्क, मौलापुर नगरपालिकाले ५८ दशमलव ९७ अङ्क तथा परोहा नगरपालिकाले ५७ दशमलव १४ अङ्क प्राप्त गरेका छन् ।
त्यसैगरी राजदेवी नगरपालिकाले ५२ दशमलव ५१ , माधवनारायण नगरपालिकाले ५२ दशमलव ०४ , चन्द्रपुर नगरपालिकाले ५० दशमलव ०९ र गुजारा नगरपालिकाले ४८ दशमलव ७३ अङ्क प्राप्त गरेका छन् ।
त्यसैगरी गढिमाइ नगरपालिकाले ४६ दशमलव २० ,यमुनामाइ गाउँपालिकाले ४६ दशमलव ०६ ,गरुडा नगरपालिकाले ४३ दशमलव ८४,कटहरिया नगरपालिकाले ४३ दशमलव ७५ ,दुर्गा भगवती गाउँपालिकाले ४२ दशमलव ६० ,फतुवा विजयपुर नगरपालिकाले ३५ दशमलव ४१ र वृन्दावन नगरपालिकाले ३१ दशमलव ६९ अङ्क प्राप्त गरेका छन् ।
देवाही गोनाही नगरपालिकाले ३० दशमलव ९१ अङ्क प्राप्त गर्दै जिल्लाको १८ पालिकामा अन्तिम स्थान पाएका छन् ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले उक्त उपलब्धि समग्र नगरबासीको भएको बताउनु भयो । यस नतिजाले संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्धन तथा सेवा प्रवाहलाई अझ नतिजामुखी र पारदर्शी बनाउन थप ऊर्जा मिलेको उहाँले बताउनु भयो । स्थानीय सरकारप्रति जनताको विश्वास प्रगाढ बनाउन पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँले बताउनुभयो । आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिइने उहाँले प्रतिबध्ता व्यक्त गर्नु भयो ।
२०८२ असार १० गते भित्र आर्थिक बर्ष २०८२÷०८३ को राजश्व र व्ययको अनुमान सम्बन्धित सभामा पेश गरे, नगरेको , २०८२ असार १० गते भित्र आर्थिक बर्ष २०८२÷०८३ को राजश्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८२ असार मसान्त भित्र पारित गरे, नगरेको , आर्थिक बर्ष २०८१÷०८२ मा घर जग्गा रजिष्ट्रेशन शुल्क,मनोरंजन कर तथा बिज्ञापन कर वापत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश संचित कोषमा जम्मा गरे, नगरेको, आर्थिक बर्ष २०८३÷०८४ को आय व्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०८२ पुष मसान्त भित्र अर्थ मन्त्रालयमा पेश गरे, नगरेको,आर्थिक बर्ष २०८१÷०८२ को बजेट कार्यान्वयनको बार्षिक समिक्षा गरि त्यस सम्बन्धि विवरण २०८२ कार्तिक मसान्त भित्र सार्वजनिक गरे, नगरेको,आफ्नो अधिकार क्षेत्र भित्रको राजश्व परिचालन गरेको अवस्था,गत आर्थिक बर्षको विनियोजित रकम अनुसार खर्चको अबस्था,२०८०÷०८१को लेखापरीक्षणबाट औल्याइएको बेरुजुको अबस्था,स्थानिय संचित कोष व्यवस्थापन प्रणाली प्रयोग गरे, नगरेको ,आवधिक योजना तर्जुमा गरे, नगरेको,शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि कक्षा ८ सम्म ५ देखि १२ बर्ष उमेर समुहका विद्याथी खुद भर्ना दर,शैक्षिक सत्र २०८१ मा कक्षा ८ को तुलनामा ९ मा बिद्यार्थी टिकाउ दर,शैक्षिक सत्र २०८१ मा सामुदायिक बिद्यालयबाट कक्षा १० को परिक्षामा सहभागी कुल बिद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरिकृत अंक वा सो भन्दा उच्च प्राप्त गरेको विद्यार्थीको प्रतिशत,आर्थिक बर्ष २०८१÷०८२ मा चार पटक गर्भ जांच गर्ने महिलाको अनुपात,आर्थिक बर्ष २०८१÷०८२ मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात,आर्थिक बर्ष २०८१÷०८२ मा पूर्ण खोप पाएका बालबालिकाको अनुपात,र आयोगले तयार पारेको बिद्दुतीय अनलाइन पोर्टलमा कार्य सम्पादन सूचक सम्बन्धि विवरण तोकिएको अबधिमा प्रविष्ट गरे, नगरेको गरि १७ सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको जनाएको छ ।