रौतहट/जंगलसहिया सव डिभिजन बन कार्यालय रौतहट र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले साल जातका काठ बरामद गरेको छ । जंगलसहिया सव डिभिजन बन कार्यालयका प्रमुख बिनोद जेठारा नेतृत्वको टोलीले बुधबार राति ९ ः३० बजेको समयमा सो काठ बरामद गरेको हो ।
अबैधरुपमा ओसारपसार गर्दै रहेको समयमा साल जातका २ थान गोलिया काठ , भारतीय नम्बर प्लेटको सुमो एउटा र नेपाली नम्बर प्लेटको मोटरसाइकल एउटा बरामद गरिएको उहाँले बताउनु भयो ।
काठ,सुमो र मोटरसाइकल डिभिजन वन कार्यालय रौतहटको घाटगद्दीमा राखिएको उहाँले जानकारी दिनु भयो ।
काठको नापजाँच र अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको जंगलसहिया सव डिभिजन बन कार्यालयका प्रमुख जेठाराले बताउनु भयो ।
नियमित गस्ती टोलिको क्रममा जंगलसहिया साझेदारी बनको बागमती नहर छेउमा जंगलसहिया सव डिभिजन बन कार्यालय र ससश्त्र प्रहरीको संयुक्त टोलि पुग्दा सुमोमा लोड रहेको काठ र मोटरसाइकल छाडेर तस्करीमा संग्लनहरु भागेको उहाँले बताउनुभयो ।
निर्वाचनको समयमा बन क्षेत्रमा सालको काठको अवैध तस्करी बढने भएकोले सशस्त्र प्रहरी सहितको संयुक्त गस्ती टोलि परिचालन गरिएको छ ।