रौतहट, माघ २० गते
रौतहटको यमुनामाई गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टिका नेता श्रीप्रसाद मुखिया (क.चन्द्रिका ) को निधन भएको छ ।
यमुनामाइ गाउँपालिका —३, राजपुर तुलसी निवासी मुखियाको सोमबार राती निधन भएको हो । मुखियाको हृदयाघातका कारण निधन भएको छ ।
सोमबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि प्राथमिक उपचारका लागि सुकदेवचौकमा रहेको अस्पतालमा लगिए पनि थप उपचारको लागि बिरगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामश्रेस्ठ राय यादवले जानकारी दिनु भयो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा मुखिया यमुनामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
यमुनामाई गाउँपालिकाका प्रथम गाउँपालिकाका अध्यक्ष मुखियाको निधन प्रति यमुनामाई गाउँपालिकाले मंगलबार एक दिन शोक बिदा दिएको छ ।
विधार्थी जिवन देखि नै कम्युनिस्ट आन्दोलनमा लाग्नु भएका साथै लामो भुमिगत, अर्ध भुमिगत तथा शसस्त्र आन्दोलनको नेतृत्व गर्नु भएका सरल तथा शालिन व्यक्तित्व मुखियाको निधनले अतुलनिय क्षति भएको यमुनामाइ गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष नन्दलाल राय यादबले बताउनु भयो ।