खोलामा डुबेर रौतहटमा एक बृद्धको मृत्यु,एकको उद्धार

6 Shares

अविरल बर्षाले आएको बाढिले रौतहटमा एक बृद्ध महिलाको मृत्यु भएको छ भने एक पुरुषको जिवितै उद्धार गरिएको छ ।
माधवनारायण नगरपालिका – ८ का हरिबंस रायको ७५ बर्षीय श्रीमति पन्मा देवी रायको बागमती खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रायको घर देखि २ किलोमिटर उतर पुर्वमा पर्ने बागमति खोलामा दाउरा टिप्ने क्रममा उहाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनु भयो ।
स्थानिय र प्रहरीको सहयोगमा मृतक रायको लाश खोलाबाट निकालिएको उहाँले जानकारी दिनु भयो ।
यसै बीच गढिमाइ नगरपालिका–५ बागमती नदि किनारमा दाउरा टिप्ने क्रममा ६५ बर्षीय बिगन राय यादवलाइ बागमती नदिले बगाउँदा स्थानिय र सशस्त्र प्रहरी बल सन्तपुरको सहयोगमा उद्धार गरिएको सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारीले जानकारी दिनु भयो ।
गढिमाइ नगरपालिका –१ स्थित भरत मेडिकल हलमा सामान्य उपचार पछि यादव घर फर्किनु भएको उहाँले जानकारी दिनु भयो ।

 

सम्बन्धित समाचार

सबै