बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरिद बिक्रि नगर्न प्रहरीको अनुरोध

3 Shares

जिल्ला प्रहरी कार्यालय रौतहटले बिल भरपाई बिनाका सुनचाँदीका गरगहना तथा अन्य कुनै पनि सामग्री खरिद बिक्रि नगर्न अनुरोध गरेको छ ।
जेनजी आन्दोलनको क्रममा लुटपाट गरिएका सुनचाँदीका गरगहना बिभिन्न माध्यमबाट बजारमा बिक्रि वितरण भइ रहेको सूचना प्राप्त भएकोले त्यस्ता सामान खरिद बिक्रि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले अनुरोध गर्नु भएको हो ।
प्रवक्ता कार्कीका अनुसार गएको भदौ २३ र २४ गते जेनजीका किशोर किशोरी तथा युवाहरुले बिभिन्न माग राखी उपत्यका लगायत देशका बिभिन्न स्थानहरुमा भेला भइ र्याली, जुलुस लगायतका बिरोध प्रदर्शन गर्ने क्रममा सरकारी तथा निजि भवन ब्यापारिक भवन बैंक, बित्तिय संस्था लगायतका संरचनाहरुमा रहेका कागज पत्र, एतिहासिक दस्तावेज, बहुमुल्य गरगहना लगायतका चिज बस्तु, हातहतियार र अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरि बिभिन्न माध्यमबाट बजारमा बिक्रि वितरण भइ रहेको सूचनाको आधारमा नेपाल प्रहरीबाट अनुसन्धान भइ रहेको र त्यस्ता सर सामानहरु बिक्रि गर्न जुन सुकै पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचांदीका गरगहना तथा अन्य कुनै पनि सामग्री खरिद बिक्रि नगर्न नगराउन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको हो ।

 

 

 

सम्बन्धित समाचार

सबै