
इलाका प्रहरी कार्यालय गङ्गापिपरा,रौतहटले दशैं मेला लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
इलाका प्रहरी कार्यालय गङ्गापिपराका प्रहरी नायव निरीक्षक गौरव कुमार दाशले दशैं मेला लक्षित विशेष सुरक्षा योजना ल्याएको जानकारी दिनु भयो ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष ,वडा अध्यक्ष, गाउँपालिकाका पुर्व अध्यक्ष,स्थानिय नेता ,स्थानिय संचारकर्मी, स्थानिय बुद्धजिवी,नागरिक समाज लगायतको भेलाले चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी नायव निरीक्षक दाशले जानकारी दिनुभयो ।
दशैं मेला शान्ति पुर्ण तरिकाले सम्पन्न गर्न व्हाटसएप ग्रुप निर्माण गरेर सहभागी सम्पूर्णलाइ गतिबिधि प्रवाह गर्ने योजना बनाइएको छ ।
रौतहटको मत्सरिमा भव्य तरिकाले दुर्गा पुजा लाग्ने हुनाले भक्तजनको सुबिधाको लागि डाइभर्सन समेतको ब्यवस्था गरिएको छ ।
दुर्गा भगवती गाउँपालिकाको उत्तरमा भलोहिया स्थित भुवनेश्वर सहनीको घर देखी पूर्वमा अवस्थित बांध तथा दक्षिणमा मत्सरी पर्साटोल देखि पचरूखी पोखरी हुदै मेन रोड निसिक्ने गरि डाइभर्सनको ब्यवस्था गरिएको छ ।
त्यस्तै दुर्गा भगवती वडा नं. ४ पचरुखी पोखरी देखि छतौना नहर हुदै करवोलमा निस्कने गरि डाइभर्सनको ब्यवस्था गरिएको तथा यसको लागि दुर्गा भगवती गाउँपालिका कार्यालयसंग समन्वय गर्ने प्रहरी नायव निरीक्षक दाशले बताउनु भयो ।
डाइभर्सन संगै बाहिरबाट आउने आगन्तुक भक्तजनको लागि पार्किंग स्थान समेत निर्धारण गरिएको उहाँले जानकारी दिनु भयो ।
उतरतरÞफ दुर्गा भगवती गाउँपालिका नं.२ सरस्वती माध्यमिक बिद्यालय पिपरा भलोहिया र
दक्षिणमा वडा नं ३ राममन्दिर र स्वास्थ चौकीको प्रांगणमा पार्किङ्गको व्यवस्था गरिएको इलाका प्रहरी कार्यालय गङ्गा पिपरा रौतहटले जनाएको छ ।
सुरक्षा ब्यवस्था कडाइ गर्ने क्रममा मादक पदार्थ सेवन र लागू औषध सेवन गरी वा नगरी कÞानून विपरीत अश्लील गतिविधि ,हो–हल्ला गरेमा कानून बमोजिम करवाही गरिने, सार्वजनिक स्थलमा मादकपदार्थ किनबेच गरेमा कारबाही गरिने तथा मोटरसाईकलमा दुई जना भन्दा बढ़ी सवार भएमा मोटरसाइकिल नियन्त्रणमा लिने प्रहरी नायब निरीक्षक दाशले भन्नुभयो ।
प्रहरीले मेलामा आउने भक्तजनको लागि सुरक्षा र सहजतालाई प्राथमिकता दिइने उहाँले बताउनु भयो ।