कृषकलाइ सिंचाई सामग्री वितरण

3 Shares

रौतहटको माधवनारायण नगरपालिकाले सिंचाईका लागि कृषकलाई पम्पसेट उपकरण सहयोग गरेको छ ।
बाढि प्रभावित घरपरिवारको कृषि पुनस्र्थापना र सहनशिलता प्रबर्धन परियोजना अन्तर्गत नगरपालिकाका वडा नं. ८ र ९ का ५० जना कृषकलाई सिंचाई सामग्री वितरण गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले जानकारी दिनु भयो ।
परियोजना अन्तर्गत ८ नं. वडामा ३२ जना कृषकलाई र ९ नं. वडामा १८ जना कृषकलाई पम्पसेट, डेलिभरी पाइप वितरण गरिएको परियोजनाका कृषि अधिकृत बिबेक रौनियारले जानकारी दिनु भयो ।
बोरिङ्ग यस अघि नै जडान भइ सकेको उहाँले बताउनु भयो ।
परियोजना अन्तर्गत वडा नं. ८ मा १६ वटा कृषक समुह र वडा नं. ९ मा ६ वटा कृषक समुह रहेको छ । वडा नं. ८ मा प्रति समुह २ जनालाइ र वडा नं. ९ मा प्रति समुह ३ जनालाइ पम्पसेट उपलब्ध गराउने निर्णय समुहले गरेको नगरपालिकाका कृषि शाखा अधिकृत अनुज कुमार झाले जानकारी दिनु भयो ।
पम्पसेट हेरचाहको लागि तीन सदस्यीय समिति समेत बनाइएको उहाँले जानकारी दिनु भयो ।
सिंचाई सामग्री वितरणले कृषिमा ठुलो सहयोग पुग्ने तथा यसले कृषकको जीवनस्तर माथि उठने बिश्वास रहेको वडा नं. ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले बताउनु भयो ।
सिंचाई सामग्री लिनु हुँदै वडा नं. ८ का राधाकृष्ण कृषक समुहका सदस्य कोशीला देवीले कृषिमा आधुनिकिकरण र यान्त्रिकरण गर्दै कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने नगर प्रमुख यादवको प्रयास सराहनीय रहेको बताउनु भयो ।

 

सम्बन्धित समाचार

सबै