
रौतहटको चन्द्रपुर नगरपालिका–६ देउरालीचोकबाट लागु औषध सहित एक जना पक्राउ परेको छ ।
विशेष सुचनाको आधारमा लागु औषध ब्यूरो, जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहिबार दिनको १ बजेको समयमा लागु औषध ट्रामाडोल ३ हजार पिस सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा चन्द्रपुर–७ का ५३ बर्षीय दिपेन्द्र कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साहले चलाएको ना ३३ प ९५३३ नं.को मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा प्रतिबन्धीत लागु औषध ट्रामाडोल ३०० पत्ता फेला परेको प्रवक्ता कार्कीले जानकारी दिनु भयो ।
पक्राउ परेका साहले चन्द्रपुर –७ मा संचालन गरेको औषधि पसल खानतलाशि गरि थप ४५ पिस लागुऔषध ट्रामाडोल फेला पारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले जानकारी दिनु भयो ।
साहले चलाएको मोटरसाइकल,३ हजार ४५ पिस लागुऔषध ट्रामाडोल सहित साहलाई नियन्त्रणमा लिईएको र घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।