
नेपाली काँग्रेस की नेतृ शर्मिला थापाले आफनो सहयोगमा चन्द्रनगर गाउँपालिकाको मुस्लिम समुदायको करिव ३०० बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेका छन् ।
चन्द्रनगर गाउँपालिका–५ स्थित समिमुल उलम स्लामिया मदर्शामा अध्ययन गर्ने अति विपन्न मुस्लिम बालबालिकाहरुलाई नेपाली काँग्रेस मधेश प्रदेश कमिटि सदस्य एवं चर्चित नेतृ शर्मिला थापाले आफनो लगानीमा बुधवार शैक्षिक सामग्री वितरण गरिन ।
समिमुल उलम स्लामिया मदर्शामा आयोजित विशेष कार्यक्रमका बीच शैक्षिक सामग्रीहरु वितरण गर्दै महिला नेतृ थापाले गरिव, असहाय, दिनदुखीको वृहत्तर उत्थानको पक्षमा आफूलाई सदैव समर्पित गरेको बताइन् । राजनीति क्षेत्रमा लागेपनि आफनो हितमा न सोची जनतालाई सर्वोपरी ठानेर उनीहरुको सेवामा तल्लिन रहदै आएको र अगामी दिनमा आफूबाट हुने सक्दो सहयोगहरु निरन्तर रुपमा जारी राख्ने प्रतिबद्धता गरिन् ।
शिक्षाको ज्योतीबाट बञ्चित रहेका मुस्लिम समुदायमा शिक्षाको महत्वलाई बढाएर साक्षर बनाई देश हितमा लाग्ने अभियान अनुरुप पछिल्लो विभिन्न समयमा मदर्शाहरुमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेर उनीहरुलाई शिक्षा प्रति जागरुक बनाउने अभियानमा लागेको चर्चा गरिन् ।
नेतृ शर्मिला थापाले ३०० मुस्लिम बालबालिकाहरुलाई स्कुल झोला (ब्याग), काँपी, कलम, किताव, पेन्सील कटर इरेजर सहितका शैक्षिक सामग्री वितरण गरेको जनाइएको छ ।