श्रोत नखुलेको तीन लाख सहित १ जना पक्राउ

80 Shares

रौतहट/०२,साउन / रौतहट सदरमुकाम गौरबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेको छ ।
अस्थायी प्रहरी पोष्ट महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गर्दा गौर – २ महादेवपट्टी टोल बाट श्रोत नखुलेको रकम सहित एक जनाली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा भारत विहार राज्य सितामढी जिल्ला बैरगनिया नगर पंचायत – १३ बाबालाल दास मठ टोल बस्ने ४३ बर्षीय महेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रायले लगाएको पैन्टको भित्र तिघ्रामा ईलाष्टिकले बेरी ३ लाख रुपैया लुकाई छिपाई नेपाल ल्याई रहेका थिए ।
उक्त रकमको श्रोत खुलाउन नसकेकोले सो रकम सहित महेश कुमारलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित समाचार

सबै