
रौतहट/०२, साउन /दुर्गाभगवती गाउँपालिका–३, मत्सरीका रिकेश कुमार झालाइ यस बर्षको “डा. डिम्पल झा स्मृति पुरस्कार” प्रदान गरिएको छ ।
पूर्ण छात्रवृत्तिमा गण्डकी मेडिकल कलेजमा अध्ययनरत झालाइ उक्त पुरस्कार प्रदान गरिएको दुर्गा भगवती गाउँपालिका–३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले जानकारी दिनु भयो ।
एकाउन्न हजार राशिको उक्त पुरस्कार रिकेश कुमार झाका वुवा मंगल झालाई प्रदान गरिएको वडा अध्यक्ष झाले जानकारी दिनु भयो ।
दुर्गाभगवती गाउँपालिका–३ मत्सरीबाट एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने छात्र–छात्रालाई सम्मान र प्रेरणा स्वरूप ५१ हजार राशिको “डा. डिम्पल झा स्मृति पुरस्कार” स्थापना गरिएको वडा अध्यक्ष झाले बताउनु भयो ।
वडा अध्यक्ष झाका अनुसार पुरस्कारले आगामी दिनमा विद्यार्थीहरूको मनोबल उच्च बनाउने र उत्कृष्ट अंकसहित छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास रहेको बताउनु भयो ।
मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य दुर्गा भगवती–३ निवासी डा. डिम्पल कुमारी झाको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको छ ।
एमबिबिएस प्रथम वर्षामा अध्ययनरत रिकेश कुमार झा सामुदायिक बिद्यालय सरस्वति माध्यमिक बिद्यालय पिपरा भलोहियाबाट एसइइ तथा विश्व निकेतन माध्यमिक बिद्यालय त्रिपुरेश्वरबाट प्लस टु सम्मको अध्ययन गर्नु भएको झाका आमा विभा झाले बताउनु भयो ।