लागु औषध सहित रौतहटबाट २ जना पक्राउ

81 Shares

रौतहट/०१,साउन/रौतहट सदरमुकाम गौरबाट लागु औषध सहित २ जना पक्राउ परेको छ ।
लागु औषध नियन्त्रण ब्युरो शाखा बिरगंज तथा जिल्ला प्रहरी कार्यालय रौतहट गौरको संयुक्त टोलीले गौर –१ मा रहेको शुभम होटेल अगाडिबाट बुधबार राती २ जना लाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा राजदेवी–८ रौतहट घर भएका २३ बर्षीय नितेश कुमार पण्डित र ३२ बर्षीय पिन्टु कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायले बताउनु भयो ।
बि आर ०६ यु ५८६० नम्बरको भारतीय मोटरसाइकलमा सवार पण्डित र यादवले कालो रंगको प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको अबस्थामा निट्राभेट–१० लेखिएको १ हजार ८ सय ट्यावलेट ,नेटजिकेयर –१० लेखिएको ९ सय ट्यावलेट, नेटजिकेयर –१० लेखिएको ३ सय ट्यावलेट (सानो) , डायजेपाम लेखिएको ३ सय एम्पुल , फेनेरगन लेखिएको ३ सय एम्पुल र बुप्रेनोर्फिन इन्जेक्सन लेखिएको ३ सय एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाइ लागु औषध सम्बन्धि कसुर मुदामा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित समाचार

सबै