एसइई नतिजा ः रौतहटका दुइ विद्यार्थीले मात्र ल्याए चार जिपिए

89 Shares

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रौतहटबाट ७१ दशमलब २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका निमित इकाई प्रमुख उपेन्द्र सिंहका अनुसार जिल्लाबाट ९ हजार दुइ सय ७३ जना विद्यार्थीले परीक्षा दिएकोमा ६ हजार ६ सय दुइ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुइ हजार ६ सय ७१ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ ।
रौतहट जिल्लामा जम्मा २ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । चार जिपिए ल्याउनेमा नेपाल पुलिस स्कुल गरुडाका छात्रा मायुसी कुमारी (सिम्बल नम्बर ०३५०५३३८) र सोहि बिद्यालयका स्मृति जयसवाल (सिम्बल नम्बर ०३५०५३६५) रहेको शिक्षा विकास तथा समन्वय इकाइका रौतहट निमित इकाई प्रमुख सिंहले बताउनु भयो । ३.६१ देखि ४ जिपिए ल्याउने ६ सय ११ जना , ३.२१ देखि ३.६० जिपिए ल्याउने २ हजार तीन सय २१ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने २ हजार ७ सात सय १० जना , २.४१ देखि २.८० जिपिए ल्याउने ९ सय ३६ जना र २.०० देखि २.४० जिपिए ल्याउने २४ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका निमित इकाई प्रमुख सिंहले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

सबै