रौतहटमा हाल सम्म १६ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । पानी नपर्दा सोचे जस्तो रोपाइँ हुन नसकेको कृषि विकास निर्देशनालय नक्टाझिजका बाली संरक्षण अधिकृत सुदिप चौधरीले जानकारी दिनुभयो । रौतहटमा ६५ हजार ९ सय ६९ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्र रौतहटका बाली संरक्षण अधिकृत सरोज मण्डलले जानकारी दिनु भयो । धान रोपाइँ हुन् बाँकी रहेको जग्गामा पनि रोपाइँ भइरहेको उहाँले बताउनुभयो ।
पर्याप्त वर्षा नहुँदा किसानहरुले बोरिङ, पम्पसेट र केही मात्रामा वर्षा तथा नहरको पानीले सिंचाइ गरी धान खेती गरेको पाइएको छ ।
आर्थिक बर्षको अन्त्य तिर सरकारी योजनाको कामको चाप बढि भएको र श्रमिकहरु योजनाकै काममा केन्द्रित रहेको कारण रोपाइँ सोचेको जति हुन नसकेको दुर्गा भगवती–२ का किसान सिताराम झाले जानकारी दिनु भयो ।
समयमा धानको रोपाइँ नहुँदा गत वर्षको तुलनामा धानको उत्पादन घट्ने सम्भावना रहेको गौर–४ का किसान अवधेश राय यादवले बताउनु भयो ।