काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न भेटघाट र छलफलमा संलग्न छन्। आज बैंककमा उनले थाइल्याण्डका वरिष्ठ व्यवसायीसँग भेटवार्ता गरेका छन्।
भेटमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए। छलफलमा दुई देशबीचको व्यावसायिक हितका विषयमा कुराकानी भएको थियो। यसअघि, प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान शिनावातसँग पनि भेट गरेका थिए।
ओली मंगलबार थाइल्याण्डको बैंकक पुगेका हुन्। उनको भ्रमण बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन केन्द्रित छ।











