अतिक्रमित सार्वजनिक जग्गा खालि गराउंदै नगरपालिका

37 Shares

यहाँको माधवनारायण नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्र रहेको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण मुक्त गर्न अनुरोध गरेको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण भएको प्राप्त जानकारी तथा स्थलगत अनुगमनबाट देखिएकोले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापन गर्न नगरपालिका यस्ता जग्गा अतिक्रमणमुक्त बनाउन अभियान चलाएको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताएका छन् । उनका अनुसार नेपाल सरकार, मन्त्रिपरिषदको २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गतको बुँदा नं.१२ कार्यान्वयन सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार नगरपालिका क्षेत्र भित्रका सार्वजनिक तथा सरकारी जग्गा, सडक, खोला, नाला, ऐलानी, पर्ती, पार्क, खुला क्षेत्र लगायतमा कसैले अतिक्रमण गरी निर्माण गरेको संरचना, टहरा, घर, घेरा वा अन्य कुनै पनि किसिमले प्रयोग गरिरहेको भए खालि गर्न अनुरोध गरिएको जनाएका छन् । नगरपालिकाले जारी गरेको सूचना अनुसार ३५ दिन भित्र स्वेच्छाले अतिक्रमण हटाई सम्बन्धित जग्गा खाली गर्न सम्बन्धित सरोकारवालालाई सूचित गरिएको छ । निर्धारित समयभित्र अतिक्रमण हटाएको नदेखिएमा नगरपालिकाबाट अतिक्रमण हटाउने र सो कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकर्ताबाट असुल उपर गरिने नगर प्रमुख यादवले बताए ।

सम्बन्धित समाचार

सबै