बरबुझारथ गर्न पुर्व कर्मचारीलाइ २४ घन्टे अल्टिमेटम

24 Shares

पर्यटन विकास कार्यालय कार्यालय रौतहटले आफ्ना पुर्व कर्मचारीलाई बरबुझारथ गर्न अनुरोध गरेको छ । कार्यालयले बुधवार सूचना प्रकाशन गरि यहाँ कार्यरत रही हाल सरुवा भई कार्यमुक्त भएका पूर्व कर्मचारीहरुलाई आफ्नो जिम्मामा रहेका कार्यालयको जिन्सी, नगदी तथा कागजातहरु बुझाउन भनेको छ । कार्यालय प्रमुख उपसचिव बबिता जैसवालका अनुसार पुर्व कर्मचारीले हालसम्म पूर्ण रुपमा बुझबुझारथ नगरेको पाइएकाले यथाशीघ्र बुझाउन अनुरोध गरेका छन् ।
सूचना प्रकाशित भएको मितिले २४ घण्टा भित्र सम्बन्धित सबै जिन्सी सामान, नगदी तथा कागजातहरु कार्यालयमा अनिवार्य रुपमा बुझाई सक्नु पर्ने कार्यालय प्रमुख जैसवालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । तोकिएको म्यादभित्र नबुझाएमा प्रचलित कानून बमोजिम आवश्यक कारवाही अगाडि बढाउने कार्यालय प्रमुख जैसवालले बताइन ।
कार्यालय स्थापना भए पछि जिन्सी सामग्री अत्याधिक मात्रामा खरिद भए पनि कार्यलयमा न्यून मात्रामा देखिएको पर्यटन विकास कार्यालय रौतहटका लेखापाल अरबिन्द कुमार यादवले बताए ।

सम्बन्धित समाचार

सबै