रौतहटबाट दुइ महिला समानुपातिक सांसद

20 Shares

प्रतिनिधिसभाको समानुपातिक तर्फ रौतहटबाट दुइ जना सांसद भएको छ । समानुपातिक तर्फ रास्वपा र नेपाली कांग्रेसबाट एक–एक महिला सांसद निर्वाचित भएको हो ।
समानुपातिक निर्वाचन प्रणाली तर्फ रौतहटबाट शाहजान खातुन (नेपाली कांग्रेस, मुस्लिम कोटा) र गजाला शमिम मिकरानी (रास्वपा, मुस्लिम कोटा ) निर्वाचित भएको हो ।
समानुपातिक तर्फ १५ जना महिला र ५ जना पुरुष नेपाली कांग्रेसबाट निर्वाचित भएको छ ।
गौर –१,रौतहट घर भएका खातुनलाइ नेपाली कांग्रेसले मुस्लिम कोटाबाट स्थान दिएको छ ।
रास्वपाबाट समानुपातिक तर्फ निर्वाचित ५७ जना मध्ये ४८ महिला र ९ पुरुष रहेको छ । गौर –३,रौतहट घर भएका मिकरानीलाइ रास्वपाले मुस्लिम कोटाबाट स्थान दिएको छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित सांसदहरूलाइ बिहिबार प्रमाणपत्र प्रदान गरेको छ ।
प्रत्यक्ष तर्फ रौतहटका चार निर्वाचन क्षेत्र मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले तीन वटा क्षेत्रमा र नेपाली कांग्रेशका उम्मेदवारले एउटा क्षेत्रमा जित हासिल गरेको छ ।

सम्बन्धित समाचार

सबै