दुइ सय ४२ विद्यार्थीको आँखा परीक्षण

40 Shares

रौतहटको गौरमा रहेको दिव्य दृष्टि एकेडेमी गौरका विद्यार्थीको आँखा परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा नेपाल नेत्रज्योति सङ्घद्वारा बिद्यालय आँखा जांच कार्यक्रम अन्तर्गत विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो ।
गौर आँखा अस्पतालका अनुसार बुधबार दिव्य दृष्टि एकेडेमीका कुल २४२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ ।
उहाँले आँखा परीक्षणका क्रममा दृष्टिदोष देखिएका २६ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको गौर आँखा अस्पतालले जनाएको छ । यस्तै सामान्य समस्या देखिएका ९ जना विद्यार्थीको आँखाको औषधि उपचार गरिएको छ । गौर आँखा अस्पतालले विद्यालयमै आएर विद्यार्थीको निशुल्क आँखा जांच गरेर उदाहरणिय कार्य गरेको बिद्यालयका प्राचार्य हिमालय जयसवालले बताए । बिद्यार्थीहरुको स्वास्थ्य सम्बन्धि परिक्षणका लागि समय समयमा यस्ता शिविर आयोजना गर्न बिद्यालय प्रतिबद्ध रहेको उनले बताए ।
विद्यालयमा सञ्चालित शिविरमा गौर आँखा अस्पतालका अमित दास,सुशिला पासवान र सत्येन्द्र पाण्डे लगायतले आँखा परीक्षण गरेका थिए ।

 

 

सम्बन्धित समाचार

सबै