46
Shares
दुई दिन परेको पानीका कारण रौतहटमा लाखौं ईटामा क्षति पुगेको छ । ईटा ब्यवसायी संघ रौतहटका अनुसार जिल्लामा करिब ५० ईटा उद्योग सञ्चालनमा रहेकोमा ४६ उद्योगमा तयारी अवस्थामा रहेको काँचो ईटा बर्षाले क्षति गरेको हो ।
ईटा ब्यवसायी संघ रौतहटका अध्यक्ष रामबिनोद साह कलवारले शुक्रवार साँझ र शनिबारको बर्षाका कारण रौतहटमा मात्र करिब १ करोड रुपियाँ बरावरको नोक्सानी भएको जानकारी दिनुभयो ।
एउटा भट्टामा एक लाखदेखि १० लाखसम्म तयार पारेर सुकाउन राखिएको काँचो ईटामा क्षति पुगेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बेमौसमी बर्षातले इट्टा ब्यवसायीको ठुलो नोक्सानी भएको छ ।’’
यहाँ रहेका अरुण ईटा उद्योगका संचालक मुकुन्द साहले आफ्नो उद्योगमा मात्र १० लाख इँटा पानीले गलेर कामै नलाग्ने अबस्थामा पुगेको दाबी गर्नु भएको छ ।