रौतहटमा नक्कली नोटसहित दुई जना पक्राउ

91 Shares

रौतहट । नक्कली नाेटले पेट्राैल खरिद गर्ने दुई जना पक्राउ परेका छन् ।
रौतहटको वृन्दावन नगरपालिकाकाे विश्रामपुरमा रहेकाे विशाल किराना पसलमा  नक्कली नेपाली नोटले पेट्रोल किन्ने दुई जनालाई राैतहट प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा वृन्दावन वडा नं. २ विश्रामपुर बस्ने २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय विवेक प्रसाद यादव रहेकाे
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनु भएको छ ।
डिएसपी बस्यालका अनुसार बुधबार दिउँसो करिब ३ बजे विश्रामपुर बजारस्थित किराना पसलमा पेट्रोल खरिद गर्ने क्रममा उनीहरूले नक्कली एक हजार दरका नोट प्रयोग गरेको आशंकामा पसल सञ्चालकले प्रहरीलाई खबर गर्नु भएको थियाे । सूचना पाएलगत्तै प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
बिआर.३० एआर ७७५५ काे माेटरसाईकलमा आएका पटेललाई खानतलासी गर्दा पटेलकाे साथबाट एक हजार दरका १२ थान र यादवले मोबाइल कभरमा लुकाई राखेको २ थान नक्कली नोट र उनीहरुले प्रयाेग गरेकाे माेटरसाईकल समेत बरामद गरिएको छ।
बरामद नक्कली नोट र मोटरसाइकलसहित दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी राैतहटले जनाएको छ।

सम्बन्धित समाचार

सबै