उखु किसानको खातामा अनुदान रकम

6 Shares

रौतहटका उखु किसानले बिहिबार अनुदानको रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले किसानको खातामा अनुदान रकम जम्मा गरिदिएको हो । रौतहटका ३ हजार ६ सय ४६ उखु किसानलाई ३ करोड ४० लाख त्रिपन्न हजार ८सय ८ रुपैया २५ पैसा रुपियाँ अनुदान रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिनु भयो ।
चाडपर्वको बेला रहेकोले प्राथमिकता दिएर उखु किसानको रकम भुक्तानी गरिएको प्रमुख कोष नियन्त्रक गौतमले बताउनु भयो । रौतहटका उखु किसानले प्रतिक्विन्टल ३५ रुपियाँका दरले अनुदान रकम प्राप्त गरेका छन् । सरकारले गएको वर्ष किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरे पनि अहिले रकम निकासा गर्दा ३५ रुपियाँका दरले वितरण गर्न पुग्ने गरी मात्रै निकासा गरेको थियो ।
रौतहटको कटहरिया नगरपालिकामा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रि प्रालिले क्रसिङ गरेको उखुको विवरण अनुसार किसानलाई अनुदान रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
दशैंको समयमा उखुको अनुदान रकम पाउँदा किसान दङ्ग परेका छन् ।

 

 

 

 

सम्बन्धित समाचार

सबै