प्रमुख जिल्ला अधिकारीले समन्वय गरे पछि वडा अध्यक्ष यादवले आमरण अनसन तोडनु भयो

47 Shares

प्रवीण कुमार शर्मा
रौतहट/भदौ १० गते
१३ बुँदे माग राखेर आमरण अनसनमा बस्नु भएका रौतहटको यमुनामाइ गाउँपालिका –२ का वडा अध्यक्ष सिताराम यादवले आमरण अनसन सोमबार साँझ तोडनु भएको छ ।
छ दिन देखि आमरण अनसनमा बस्नु भएका वडा अध्यक्ष यादबलाई रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जुस खुवाए पछि अनसन तोडाउनु भएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा रामनरेश साहले बताउनु भयो ।
गएको भदौ ४ गते देखि १३ बुँदे माग राख्दै आमरण अनसनमा बस्नु भएका वडा अध्यक्ष यादवको अनसन तोडाउन रौतहटका प्रमुख जिल्ला अधिकारि खडकाले पहल गरे पछि सोमवार छैठौ दिन अनसन समाप्त भएको यमुनामाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादवले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी खड्काको समन्वयमा . प्रमुख प्रशासकीय अधिकृत यादबले १३ बुंदे मांग मध्ये तत्काल उपलब्ध भएका कागजातहरु उपलब्ध गराउंदै बाँकी रहेका कागजात आगामी दिनमा उपलब्ध गराउने सहमती भए पछि आमरण अनसन समाप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुब्बा साहले बताउनु भयो ।
करिब चार घण्टा चलेको छलफल पछि अनसनरत पक्ष सहमतीमा आएको उहाँले बताउनु भयो ।
आमरण अनसनरत पक्ष वडा अध्यक्ष यादवको मांग अनुसारका केहि कागजातहरु उपलब्ध गराइएको बताउनु हुँदै प्रमुख प्रशासकीय अधिकृत यादबले केहि कागजात मंगलवार उपलब्ध गराउने र गाउँपालिकाको वेवसाइटमा समेत अपलोड गर्ने तथा अन्य मांगहरु कार्यपालिकाको बैठकबाट सम्बोधन हुने बताउनु भयो ।
वडा अध्यक्ष यादवले राख्नु भएका १३ सूत्रिय मागहरु यस प्रकार रहेको छ ।
–आर्थिक बर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालिका बैठकको माइनट , रातोकिताव, सशर्त अनुदान, समपुरक, विशेष, स्वास्थ्य, शिक्षा, पुंजिगत राजस्व बाँडफाँड र आर्थिक सहयो वितरण लगायत सम्पूर्ण योजनाको कागजहरु र सबै खाताको बैंक स्टेटमेन्ट र लेखा परिक्षण प्रतिवेदन समेतको प्रमाणित प्रतिलिपि ।
–यमुनामाई गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति समेतको प्रमाणीत प्रतिलिपि ।
–यमुनामाई गाउँपालिकामा अनलाईन टेण्डर, अनलाईन बैठक, र अनलाईन विडिङ्ग प्रणाली लागु गर ।
–यमुनामाई गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमका शिक्षा प्रणाली लागु गर्नुपर्ने र शिक्षक समेतको व्यवस्था तत्काल गर्नुपर्ने ।
–यमुनामाई गाउँपालिकामा रहेको जिन्सी सामानहरुको विवरणको प्रतिलिपि र जे.सी.बी., स्कारपियो, मोटरसाइकल समेतमा हाल सम्म के कति इन्धन खर्च भएको हो सोको मर्मत खर्च कागजात र जेसिबीको आम्दानीको समेत विवरणको प्रमाणीत प्रतिलिपि ।
–गाउँपालिका भरीमा प्रत्येक व्यक्तिलाई स्वास्थ्य बिमा गर्नुपर्ने ।
–१ देखि ५ वडा सम्म कृषि विद्युतिकरणको लागि पोल तार ट्रान्सफरमरको व्यवस्थापन तत्काल गर्नुपर्ने ।
–गाउँपालिका भरीमा घर वत्ती विद्युत महसुल फ्रि गर्नुपर्ने ।
–गाउँपालिका स्तरिय अस्पतालको स्थापना तत्काल गर्नुपर्ने ।
–सामाजिक सुरक्षा (बृद्धा, बिधवा , बालपोषण, अपाङ्ग समेतको घर घरमा भत्ता पुर्याउने व्यवस्थापन गर्नुपर्ने ।
–स्थानीय तहका पदाधिकारी तथा सदस्यको पाउने सुविधा के कति पाएको हो र कानुन बमोजिमको सुविधा पाउनुपर्ने ।
– ९ औं गाउँ सभा अबैध तरिकाले गराएकोमा सो खारेज गरी ९ औं गाउँ सभा विधिवत रुपमा गर्नुपर्ने
–यस गापामा हाल सम्म क कसले टिएडिए बुझेका छन् र आर्थिक सहयोग क कसले पाएका छन् सोको विवरण ।
फोटो क्याप्सन – रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडका वडा अध्यक्ष सिताराम यादवलाइ जुस खुवाएर अनसन तोडाउनु हुँदै ।
फोटो – यमुनामाइ गाउँपालिका

सम्बन्धित समाचार

सबै