रौतहट /साउन १३ गते /
बुधवार रौतहटमा ९ घण्टा विद्युत आपूर्ति बन्द रहने भएको छ । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले १४ गते बुधवार बिहान ६ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जनाएको छ ।
हर्षाहा सवस्टेशनबाट संचालित हर्षाहा फिडरको ११ केभी प्रशारण लाइन मुनि तथा वरपर रहेका रुख,रुखका हाँगाहरू तथा बाँस काट्नु पर्ने भएकाले सो अवधिमा विद्युत आपूर्ति बन्द गरिने गौर वितरण केन्द्रका प्रमुख राम अयोध्याय रायले जानकारी दिनुभयो ।
गरुडा–५ महम्मदपुर् लक्ष्मीपुर ठेठरहिया, गरुडा –६ अमरपट्टि,गरुडा–७ भिमडावर,पिपरिया,गरुडा–८ जिङ्गडिया,वृन्दावन–८ बहुअरी ,बर्गजवा,आकरपाथर,वृन्दावन–९ भुषहा ,गढिमाइ–७ धनाड़ी,गढिमाइ–८ बिनाग्र बरियारपुर र धोबिनियामा विद्युत आपूर्ती पूर्ण तथा आंशिक रुपले बन्द रहने नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले जनाएको छ ।
रौतहटमा पछिल्लो समय पटक–पटक विद्युत सेवा अवरुद्ध हुने, भोल्टेजको समस्या झेल्नु पर्ने अबस्था रहेको छ ।