रौतहट/साउन १२ गते /
कृषि कार्यमा प्रयोग हुने विद्युतीय मोटर संचालन गर्दा साबधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।
कृषि कार्यमा प्रयोग हुने विद्युतीय मोटर संचालन गर्दा असाबधानिका कारण बिगत केहि दिन देखी करेण्ट लागेर घाइते तथा मृत्यु हुनेको संख्या अत्याधिक बढि रहेकोले साबधानी अपनाएर संचालन गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारि किरण निधि तिवारीले जानकारी दिनु भयो ।
करेण्ट लागि हुने क्षति न्यूनीकरणका लागि बिद्युत प्राधिकरणसंग समन्वय गरि कृषि कार्यमा प्रयोग हुने विद्युतीय मोटर संचालन गर्न जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारि तिवारीले बताउनु भयो ।
लामो समय सम्म पानि नपर्नाले रौतहटमा सिंचाइका लागि विद्युतीय मोटरको प्रयोग बढेको छ ।
प्रयोग बढे संगै करेन्ट लागेर मृत्यु हुनेको संख्या दिनहुँ बढदो क्रममा गएकोले ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा गत साता मात्र चार जना किसानको करेन्ट लागेर मृत्यु भएको हो ।
गएको बिहिबार रौतहटको मौलापुर नगरपालिकाको प्रवक्ता तथा कार्यपालिका सदस्य चन्देश्वर बैठाको करेण्ट लागेर मृत्यु भए पछि आम जनता पार्टीका अध्यक्ष एबम रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साहले घटनाको दोषीलाइ कारबाहीको माग गर्नु भएको थियो ।
सांसद साहले बिद्युत प्राधिकरणको लापरवाहीले बैठाको मृत्यु भएकोले दोषीलाई कानुन बमोजिमको कारबाही तथा पिडित परिवारलाई उचित क्षतिपुर्तिको माग गर्नु भएको थियो ।