नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त

274 Shares

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा अष्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्। एन्फाका अनुसार उनलाई एक वर्षका लागि जिम्मेवारी दिइएको छ।

आइतबार एन्फाका महासचिव किरण राईको उपस्थितिमा रोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता सम्पन्न भएपछि एन्फाले रोसलाई स्वागत गर्दै भनेको छ, “हामी पुरुष राष्ट्रिय टोलीका नयाँ मुख्य प्रशिक्षकको रूपमा म्याट रोसलाई स्वागत गर्न पाउँदा खुशी छौं। उनको नेतृत्वमा नेपाली फुटबलले नयाँ उचाइ प्राप्त गर्ने आशा गरेका छौं।”

सम्बन्धित समाचार

सबै