त्रिभुवन विमानस्थलबाट करिब चार किलो सुनसहित चार पक्राउ

333 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो सुनसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन्। उनीहरू उज्बेकिस्तानका नागरिक हुन्।

पक्राउ परेकाहरूको नाम क्रमशः अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ, र सरदार तुर्सुनोभ रहेको छ। तुर्सुनोभ बाहेक अरू सबै महिला हुन्।

उनीहरू फ्लाई दुबईको एफजेएड ५७५ उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। हाल उनीहरूमाथि अनुसन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

सबै